सुनको मुल्य प्रतितोलामा आज ८०० रुपैयाँको वृद्दि
- वर्ल्ड दैनिक
- १ साल अघि
- १९१ पटक पढिएको
सुनको मूल्य तोलामा आज ८०० रुपैयाँको वृद्दि आएको छ। सुनको मूल्य आज ८०० रुपैयाँले बढेर ९९ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा ८०० ले बढेर तोलाको ९९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबारको तुलनामा शुक्रबार तोलामा ८०० सय रुपैयाँले वृद्दि आएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य बढेसंगै चाँदीको मूल्य पनि बढेको छ ।
शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर तोलाको १३ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ५० रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस