आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १४१ पटक पढिएको

सोलुखुम्बु, आफ्नै ३७ वर्षीया श्रीमती मनिला राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा माप्य दुधकोशी गाउँपालिका-४ बस्ने ३७ वर्षीय चन्द्र राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

राईले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सामान्य बादबिबादको क्रममा रिसको आवेगमा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  नेपाल प्रहरी 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित