सेतोपुलनजिकै धोबीखोला करिडोरमा एक नवजात बच्चाको शव फेला

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १३२ पटक पढिएको

काठमाडौंको सेतोपुलनजिकै धोबीखोला करिडोरमा एक नवजात शिशुको शव भेटिएको छ ।

रातो कपडाले छोपिएको अवस्थामा शव फेलापरेको महानगरिय प्रहरी परिसर काठमाडौंले जनाएको छ । आज बिहान ११ बजे करिडोरछेउको फोहोर फाल्ने ठाउँमा शव भेटिएको परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

महानगरीय अपराध महाशाखाको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको उनले बताए । रासस 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित