नक्कली नोट सहित पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५० पटक पढिएको

बारा, निजगढ नगरपालिका-८ हाट बजारबाट नक्कली जस्तो देखिने १ हजार दरको ३४ थान र ५ सय दरको २३ थान गरी जम्मा ४५ हजार ५ सय रूपैयाँ सहित कोल्हवी नगरपालिका-१० आमाऔल टोल बस्ने ६२ वर्षीय हरी चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले चौधरीलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित