नेपालको लगातार दोस्रो जित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २४३ पटक पढिएको

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले मलेसियालाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको छ ।

चार विकेटको क्षतिमा मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा पुरा गरेको हो ।

नेपालको जितका लागि आसिफ शेखले ५७ रनको योगदान गरे । यसैगरी, सन्दीप लामिछानेले २ विकेट, कुशल मल्लले  १ विकेट, दिपेन्द्र सिंह ऐरीले  १ विकेट, करण केसीले  २ विकेट र अविनास बोहराले १ विकेट लिए । 

मलेसियाका लागि जुबाइदीले १५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाए । अहमदले ३८ बलमा ३ चौकाको मद्दतमा २४ रन जोडे ।

सेइद अजिजले १४, शर्भिन मुनियनडीले ९, मुहमद अमिरले १६, विजय उन्नीले ३ रनको योगदान गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित