सुनको मुल्य प्रतितोलामा आज ४०० रुपैयाँले गिरावट

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ७७ पटक पढिएको

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर आज ९८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा ४०० ले घटेर तोलाको ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको तुलनामा बुधबार तोलामा ४०० सय रुपैयाँले गिरावट आएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ ।

बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ७० रुपैयाँ थियो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित