अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढेसँगै, नेपाललाई घाटा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ७५ पटक पढिएको

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य १ सय २० डलर पुगेको छ। यसअघि पेट्रोलको मूल्य उच्च दर छुदै १ सय ३५ डलरसम्म पुगेको थियो। रुस–युक्रेनको लडाइँ र डलरको भाउ बढेकाले पेट्रोलियमको भाउ बढेको हो। पेट्रोलियमको भाउमा उछाल आएपछि समस्या सिर्जना हुदै गएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपाल आयल निगमको घाटा बढ्दै गएको छ। घाटाको पारो उक्लिँदै गएपछि निगम पैसा तिर्न नसक्ने अवस्थामा पुगेको छ। निगमले बर्सेनि दुई खर्ब रुपैयाँको पेट्रोलियम खरिद गरिरहेको छ। यो कुल आयातको २० प्रतिशत हो। माघसम्म निगमको घाटा २४ अर्ब रुपैयाँ थियो।

उक्त घाटा एक महिनाको अवधिमा बढेर २८ अर्ब रुपैयाँ पुगेको छ भने चैत्रको दुई सातामै घाटा उच्च बढेको निगमले जनाएको छ। निगमले सरकारी बैंक, नागरिक लगानी कोष, सञ्चय कोषजस्ता संस्थाबाट आवश्यक पर्ने रकम सहज र सरल रूपमा उपलब्ध गराउने व्यवस्थाका लागि अर्थ मन्त्रालयले प्रत्यक्ष रूपमा सहयोगी भूमिका खेल्नु पर्नेमा जोड दिएको छ।  निगम चरम आर्थिक संकटमा गुज्रन थालेपछि सरकारलाई ध्यानाकर्षण गराएको प्रवक्ता विनितकुमार उपाध्यायले बताए। 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित