परीक्षा दिन गएका शिक्षकहरु अलपत्रमा, विद्यालय बन्द

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २८५ पटक पढिएको

रामेछाप नगरपालिकामा विद्यालय एक साता बन्द भएपछि शिक्षक सेवा आयोगको परीक्षा दिन गएका शिक्षकहरु अलपत्रमा परेका छन्। मंगलबार सुरु भएको परीक्षा दिन पटनादेवीबाट ११ र चण्डेश्वरीबाट १२ शिक्षक गएका थिए। विद्यालय नै बन्द भएपछि शिक्षकहरुले परिक्षा दिन नपाउने अवस्था सिर्जना भएको छ।

विद्यालय बन्द भएपछि रामेछाप–७ भालुखोपको पटनादेवी मावि र वडा नम्बर १ गोठगाउँको चण्डेश्वरी माविमा यति बेला पठनपाठन ठप्प छ। त्यस्तै एसईई तयारीमा रहेका दुई विद्यालयका करिब १ सय ११ विद्यार्थीको पढाइ अन्योल भएको छ।  विद्यालय एक साता बन्द भएपछि अभिभावक छोराछोरीको पढाइ बिग्रने र एसईईमा राम्रो नतिजा नआउने हो कि भन्ने चिन्तामा परेका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित