ट्याक्टर दुर्घटनामा एकको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २२० पटक पढिएको

डोटीको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।

गौरीगङ्गा नगरपालिका–४ कैलाली घर भएका ट्याक्टर चालक ज्ञानबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको हो । सोमबार स्थानीय तिनट्टे भन्ने ठाउँमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

दुर्घटनामा परी घाइते भएका अछामको चौरापाटी गाउँपालिका–३ का नरबहादुर भुलको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित