पीएनजीले पायो १ सय ८१ रनको लक्ष्य
- वर्ल्ड दैनिक
- १ साल अघि
- ६८ पटक पढिएको
त्रिकोणात्मक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत मलेसियाले पपुवा न्युगिनी (पीएनजी)लाई १ सय ८१ रनको लक्ष्य पस्किएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले टियु क्रिकेट मैदानमा २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रनमा समेटिएको हो ।
मलेसियाका लागि कप्तान अहमद फाईजले ५६ र विरन्दिप सिंहले ५९ रन को योगदान गरे । त्यस्तै, पीएनजीका लागी नोर्मन भानुवाले २ र नोसेन पोकानाले १ विकेट लिएका थिए ।
सिरिजको पहिलो खेलमा पीएनजीलाई नेपालले १५ रनले पराजित गरेको थियो ।
सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस