Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

बहुबिवाह मुद्दाका फरार २ जना पक्राउ

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १६९ पटक पढिएको

झापा, बहुबिवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 


पक्राउ पर्नेहरूमा दमक नगरपालिका-४ बस्ने हल्दीबारी गाउँपालिका-३ घर भएका ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँ बस्ने २५ वर्षीया गंगा माया नेपाली रहेका छन् । पक्राउमध्ये सन्तोष नेपालीलाई जिल्ला अदालत झापाको २०६८ बैशाख १४ गतेको फैसलाले बहुबिबाह मुद्दामा २ वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना तथा गंगा माया नेपालीलाई १ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो ।  


उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित