सुनको मुल्य प्रतितोलामा १३०० रुपैयाँले गिरावट

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ७८ पटक पढिएको

सुनको मूल्य तोलामा १३०० रुपैयाँले घटेर आज ९९ हजार २०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा १३०० ले घटेर तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको तुलनामा मंगलबार तोलामा १३०० सय रुपैयाँले गिरावट आएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित