संक्रामक रोग टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २२७ पटक पढिएको

सरकारले चैत २५ गते देखि बैशाख १८ गते सम्म १५ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिका लागि टाइफाइड खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको हो ।

खोप अभियान नजिकैको स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यालयमा हुनेछ र सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गरिनेछ । यो खोप निशुल्क पाइने र सुरक्षित रहेको छ भने मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह समेत गरेको छ ।

टाइफाइड सबै उमेर समूहको व्यक्तिहरूमा लागेको पाइएता पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको पाईएकाले उक्त खोप अभियान  सञ्चालन गर्न लागिएको हो । यस अभियान पश्चात अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गरिने मन्त्रालयले जनाकारी दिएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित