दोहोरो अंकले घट्यो नेप्से

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १८४ पटक पढिएको

सोमबार अर्थात साताको दोस्रो दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार नेप्से २९.९८ अङ्कले घटेर २५४२.२८ बिन्दुमा कायम भएको छ । परिसूचक २९.९८ अंकले घटेसँगै उत्पादनमूलक र अन्य समूहमा पनि गिरावट आएको छ ।

आज सोमबार नेप्सेका १३ वटै उपसूचकमा गिरावट देखिएको छ । व्यापार समूह सबैभन्दा बढी २.४६ अङ्कले घटेको छ । सोमबार बजार घटेपनि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिशतका हिसाबले सबैभन्दा बढी कमाएका छन् ।

प्रतिकित्ता ९० रुपैयाँ १० पैसाले बढेर ९९१ रुपैयाँ ५० पैसा पुगेको यो कम्पनीको शेयरमा राम्रो सुधार देखिएको छ। 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित