काठमाडौं महानगरपालिकामा मात्रै ३ लाख २४२ मतदाता

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८४ पटक पढिएको

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धेरै मतदाता हुने महानगरपालिकामा पर्छ काठमाडौं महानगरपालिका । आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ३ लाख २४२ मतदाता रहेका छन् ।

मतदाता धेरै हुने दोस्रो र तेस्रो स्थानमा क्रमश : पोखरा महानगरपालिका र भरतपुर महानगरपालिका रहेका छन् ।

आयोगका अनुसार पोखरामा २ लाख ७ हजार ७१२ र भरतपुरमा १ लाख ८५ हजार ७ सय ५२ जना मतदाता रहेका छन् ।

जिल्लागत हिसाबले हेर्दा सबैभन्दा धेरै मतदाता मोरङमा रहेका छन् ।  एक महानगरपालिकासहित १७ वटा स्थानीय तहमा ७ लाख १५ हजार २२३ जना मतदाता रहेका छन् ।

यसैगरी सबैभन्दा कम मतदाता रहेको स्थानीय तहमा मनाङको नार्पा भूमि गाउँपालिकामा रहेको छ । त्यहाँ जम्मा ४४८ जना मात्र मतदाता छन् ।  

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित