आज सुनचाँदीको मूल्यमा स्थिरता

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १४६ पटक पढिएको

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ । गत शुक्रबारकै मूल्यमा आज सुनको मूल्य कायम छ। जसअनुसार आज छापावाल सुनको भाउ १ लाख ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार ६ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख ९ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम थियो ।

आइतबार सुनको मूल्य संगै चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदीको मूल्य १४ सय रुपैयाँले कारोबार भईरहेको छ।

शुक्रबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर तोलाको १४ सय रुपैयाँ नै कायम थियो। 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित