सांसद प्रमोद साहमाथि भएको आत्मघाती आक्रमणको छानबिन गरिने

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १४८ पटक पढिएको

गृहमन्त्री बालकृष्ण खाणले सर्लाहीको ईश्वरपुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको आत्मघाती आक्रमणको छानबिन गरिने बताएका छ्न्।

शनिबार भएको आक्रमणमा घाइते भएका साहलाई काठमाडौंको मेडिसिटी अस्पतालमा भेटेर गृहमन्त्री खानले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृहमन्त्री खाणले पनि सांसद साहको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पार्टीको कामका लागि गृह जिल्ला सर्लाही पुगेका सांसद साहको टाउकोमा गहिरो चोट लागेको थियो। गृहमन्त्री खाणले घटनाको सत्यतथ्य पत्ता लगाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित