नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीपको नयाँ कीर्तिमान

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८९ पटक पढिएको

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने नयाँ कीर्तिमान बनाएका छन्। उनले एकदिवसीय अन्तर्राष्ट्रियमा कम इनिङ्समा ५० विकेट पूरा गर्दै विश्वकै दोस्रो खेलाडी बनेका छन् । त्रिवि क्रिकेट मेदानमा पपुवा न्युगिनी (पीएनजीं)विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा एक विकेट लिँदै उनले नयाँ कीर्तिमान बनाएका हुन् ।

उनले २२ खेलमा ५० विकेट पूरा गरेका हुन् । १३ औं ओभरको पहिलो बलमा पीएनजीका कार्लेस आमिनीलाई एलबीडब्लू आउट गराएका सन्दीप, एकदिवसीय क्रिकेटमा ५० विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी बनेका छन् ।

एकदिवसीयमा कम इनिङ्समा ५० विकेट लिने रेकर्ड भने श्रीलंकाका अजन्था मेन्डिसले बनाएका छन् । उनले १९ खेलमा ५० विकेट लिएका थिए । त्यस्तै भारतका अजित अग्राकर २३ खेलमा ५० विकेट लिएका थिए । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित