भारतको तीनदिने औपचारिक भ्रमणमा निस्कँदै प्रधानमन्त्री देउवा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १४२ पटक पढिएको

प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारतको तीनदिने औपचारिक भ्रमणमा निस्कने भएका छन् ।  प्रधानमन्त्री देउवाको चैत्र १८ देखि २१ गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ।

पाँचौंपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो औपचारिक भ्रमण रहेको छ। उत्तरी छिमेकी चीनबाट चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमण भएको एक साताभित्रै देउवा भारत प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मोदीसँग सम्बन्ध सुधार गर्न चाहिरहेका देउवा स्थानीय चुनावको आचारसंहिता जारी हुनुअघि नै भारत पुगेर आउन लागेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी रहेको छ।

देउवा यसअघि पनि भारत भ्रमणको तयारीमा थिए । तर, कोरोनाका कारण कार्यक्रम नै स्थगित भएपछि भ्रमण रद्ध भएको थियो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित