महजबी खातुन लोसपा पार्टीबाट निष्कासित
- वर्ल्ड दैनिक
- १ साल अघि
- १४९ पटक पढिएको
महोत्तरीको एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुनलाई पार्टीबाट निष्कासन गरिएको छ । उनलाई लोकतान्त्रिक समाजवादी पार्टीले कारबाही गरेको हो । महोत्तरी जिल्ला कार्यसमितिले बिहीबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष खातुनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ ।

पार्टीको निर्देशन विपरीतका क्रियाकलापमा खातुन सहभागी भएको भन्दै कारबाही गर्नुपरेको लोसपा महोत्तरीका अध्यक्ष रामबाबु शाहले जानकारी दिएका छन् । जिल्ला अनुशासन समितिको सिफारिसमा कार्यसमितिले उपाध्यक्ष खातुनलाई पार्टीबाट निष्कासन गरिएको अध्यक्ष शाहको भनाइ रहेको छ ।
जसपा फुटेर लोसपा बनेपछि उपाध्यक्ष खातुनले जसपा माथि लोसपा रोजेकी थिइन् । लोसपबता खातुनलाई निष्कासन गरिएसंगै उनी पुनः जसपामै फर्कने तयारी गरेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस