भन्सार छलि गरि मोबाइलका बिभिन्न पार्टपूर्जा ल्याउँदै गर्दा दुई जना पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ७३ पटक पढिएको

नवलपरासी(पूर्व), कावासोती नगरपालिका-१६ चालिसकिलो जंगलस्थित राजमार्गमा लु १ च ९७६० नम्बरको जिपमा अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब १८ लाख १ हजार ७ सय २२ रुपैयाँ मूल्य बराबरको मोबाइलका बिभिन्न पार्टपूर्जा र कपडा सहित जिपमा सवार प्रतापपुर गाउँपालिका-६ बस्ने राजकुमार गुप्ता तेली समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त जिप जाँच गर्ने क्रममा केराको पातले छोपी अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको अवस्थामा उक्त सामान फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय महेशपुर नवलपरासी (पश्‍चिम) पठाइएको छ । नेपाल प्रहरी 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित