लागूऔषधसहित दुई पक्राउ

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ९२ पटक पढिएको

कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकी ब्यारेलबाट ७ ग्राम १६ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन,६० मिलिग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-५ तिनतारा बस्ने २६ वर्षीया माया लुहार र बेदकोट नगरपालिका-७ बस्ने पदम ओड रहेका छन् । बनबासाबाट नेपाल आउने क्रममा इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरी 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित