सुनको मुल्य प्रतितोलामा ११०० रुपैयाँले वृद्धि

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०९ पटक पढिएको

सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढेर आज १ लाख ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ११०० ले बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारको तुलनामा बिहीवार तोलामा ११०० सय रुपैयाँले वृद्धि आएको हो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार सुनसँगै चाँदीको मूल्यमा ५ रुपैयाँले वृद्धि आएको छ ।

बिहीवार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १३ सय ७५  रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ७० रुपैयाँ थियो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित