एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि बिहीबार छलफल हुने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २३४ पटक पढिएको

एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि बिहीबार छलफल हुने भएको छ । स्थानीय तहको निर्वाचन घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा निर्णय गर्न एमाले केन्द्रीय समितिको बैठक बुधबारदेखि सुरु भएको हो ।

बुधबारदेखि काठमाडौंको कार्की बैंक्वेटमा सुरु भएको दुईदिने बैठकको ११ एजेण्डा रहेका छन् ।

केन्द्रीय सदस्य गीता कार्कीका अनुसार बुधबारको बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन र प्रदेश अध्यक्षहरूको प्रतिवेदन पेस गरिएको छ ।

बैठकमा सात प्रदेशका अध्यक्षले आ–आफ्नो प्रदेशको प्रतिवेदन बुझाएको कार्कीले बताए । प्रदेश अध्यक्षहरुले निर्वाचन जित्नका लागि सबै नेता कार्यकर्तालाई परिचालन गर्नुपर्नेमा जोड दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित