नेकपा एमालेले प्रतिवेदन मार्फत एमसीसी स्वीकार्यो
- वर्ल्ड दैनिक
- १ साल अघि
- १४८ पटक पढिएको
नेकपा एमालेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा एमसीसीलाई स्वीकार्ने उल्लेख गरिएको छ । ‘एमसीसी परियोजनासम्बन्धी सम्झौता संसदबाट अनुमोदन भइसकेको छ ।अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्छ’, ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘पारित भइसकेको परियोजनाको बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ ।’ यसअघि एमालेले संसदबाट एमसीसी पारित हुँदा पक्ष विपक्षमा आफ्नो मत जाहेर नगरी बैठकमा अवरोध गरेको थियो ।

एमालेले पार्टीमा कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरिनुपर्ने माग गर्दै संसदमा अवरोध गरेको थियो । प्रतिवेदनमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न व्यापक मात्रामा वैदेशिक सहयोग जरुरी रहेको पनि उल्लेख गरिएको छ । ओलीले एमसीसीको विषयमा भएको व्याख्यात्मक घोषणाको अर्थ नभएको र त्यसैलाई लिएर भ्रम सिर्जना गर्ने काम भएको समेत दाबी गरेका छन् ।
यद्यपि एमालेले राजनीतिक प्रतिवेदनबाटै ११ बुँदे सहमति सहित आज एमसीसीलाई स्वीकारेको छ।