१६.०४ अंकले बढ्यो नेप्से

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ९७ पटक पढिएको

नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) मंगलबार १६.०४ अंकले बढेको छ। मंगलबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । परिसूचक १६.०४ अंकले बढेर २६५० मा कायम भएको छ ।

आज कुल २ अर्ब ५१ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ । १० कम्पनीको मूल्य स्थिर रहँदा १०६ कम्पनीको बढ्यो भने ७७ कम्पनीको मूल्य घट्यो ।

बैंकिङ ६, विकास बैंक ५६, होटल तथा पर्यटन २०, जीवन बीमा २६८, उत्पादन ४९, लघुवित्त २६, निर्जीवन बीमा ८४ र अन्य उपसमूह २८ अंकले बढे । व्यापार ८, जलविद्युत् १३ र फाइनान्स उपसमूह ७ अंकले घटे । इमर्जिङ नेपालको मूल्य १० प्रतिशतले बढ्यो । केही दिनदेखि निरन्तर १० प्रतिशतले बढेको कम्पनीको मूल्य प्रतिकित्ता ६२८.८० पुगेको छ ।

राष्ट्रउत्थान लघुवित्तको ६ र नेपाल लाइफ इन्स्योरेन्सको मूल्य ५ प्रतिशतले बढेको छ ।  

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित