Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

नाइजेरियामा अज्ञात बन्दुकधारीले १६ जना सर्वसाधारणको गोली हानी हत्या

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १२४ पटक पढिएको

नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा अज्ञात बन्दुकधारीले १६ जना सर्वसाधारणको गोली हानी हत्या गरेका छन् ।

जाम्फारा प्रहरीले घटनाको पुष्टि गरेको छ । रिपोर्टका अनुसार गाउँलेहरूलाई अज्ञात बन्दुकधारीहरूले गोली हानेका थिए। उनीहरुले राज्यको गणार कियानामा एक गाउँलेमाथि गोली प्रहार गरेका थिए । ठूलो संख्यामा बन्दुकधारीहरूले गोली चलाउँदा उनीहरू मारिएका थिए । साथै धेरै मात्रामा घाइते पनि भएका छन् ।  

गत आइतबार राति गाउँमा भीषण हिंसा भएको प्रहरीले जनाएको छ । यद्यपी गाउँलेको हत्या कसले र किन गरेको प्रहरीले भने खुलाएको छैन ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार राज्यका प्रहरी प्रमुखले शान्ति र सुरक्षा कायम गर्न प्रान्तीय सरकारसँग थप सुरक्षाकर्मीहरू माग गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित