जापानमा कोभिड विरुद्धको प्रतिबन्ध फुकुवा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९१ पटक पढिएको

जापान सरकारले १८ जिल्लामा कोभिड विरुद्धको प्रतिबन्ध फुकुवा गरेको जनाएको छ । जापानले भर्खरै बढ्दो संक्रमणको रूपमा कोभिड विरुद्ध प्रतिबन्ध लगाएको थियो।

जापान सरकारले ४७ प्रिफेक्चर मध्ये १८ वटामा यस्ता प्रतिबन्ध हटाएको प्रतिवेदनले जनाएको छ। टोकियो र ओसाका ती प्रिफेक्चरहरू मध्येका हुन् जसले आफ्नो प्रतिबन्ध हटाइसकेका छन्। जापानमा यस्तो प्रतिबन्ध गत जनवरी देखि लगाइएको थियो। 

बाँकी प्रीफेक्चरहरूमा कोभिड १९ को संक्रमण जारी रहेकाले प्रतिबन्ध अझै कायम छ। सरकारले संक्रमणको अवस्था हेरेर अबको केही दिनमा प्रतिबन्ध फुकुवा गर्न सकिने जनाएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित