भारतमा मंगलबार एलपी ग्यासको मूल्यमा ८० रुपैयाँले वृद्धि

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०० पटक पढिएको

भारतीय आयल निगमले मंगलबार एलपी ग्यासको मूल्य प्रति सिलिन्डर ८० रुपैयाँ बढाएको छ । आजदेखि १४.२ किलोको सिलिन्डरका लागि थप ८० रुपैयाँ बढाएको हो ।

मूल्य बढेसँगै दिल्लीमा एलपी ग्यास सिलिन्डरको मूल्य बढेर १,५१९.२५ रुपैयाँ पुगेको छ। यस अघि १,४३९.२४ रुपैयाँ थियो । उत्तर प्रदेशको राजधानी लखनउमा ग्यासको मूल्य बढेर १,५८०.०५ रुपैयाँ पुगेको छ भने पटनामा १,६७६.०५ रुपैयाँ पुगेको छ ।

कोलकातामा पनि नयाँ मूल्य १,५६१.६५ रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य १,४८१.६५ रुपैयाँ थियो । यसअघि ग्यासको मूल्य  ६ अक्टोबर २०२१ मा बढेको थियो । बीबीसी

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित