Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

करिश्मा आज औपचारिक रूपमा एमाले प्रवेश गर्दै

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ३३५ पटक पढिएको

अभिनेत्री करिश्मा मानन्धर आज औपचारिक रूपमा नेकपा एमाले प्रवेश गर्ने भएकी छन् । यस अघि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लागेकी मानन्धर नयाँ शक्ति पार्टी संघीय समाजवादीमा एकीकरण भएपछि निष्क्रिय बनेकी थिइन् । 

नेकपा एमालेले दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको  एमाले नेता विष्णु रिजालले जानकारी दिएका छन् ।

रिजालका अनुसार मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा समाहित हुने कार्यक्रम रहेको छ । सिंह तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद्‍मा खानेपानी मन्त्री समेत भएका थिए । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित