उत्तराखण्ड राज्यमा पुस्कर सिंह धामी फेरि मुख्यमन्त्री बन्ने पक्का
- वर्ल्ड दैनिक
- १ साल अघि
- ७९९ पटक पढिएको
भारतको उत्तराखण्ड राज्यमा पुस्कर सिंह धामी फेरि मुख्यमन्त्री बन्ने पक्का भएको छ । चुनाव पराजयपछि पनि उनी उत्तराखण्डको मुख्यमन्त्री बन्न लागेका छन् । फागुन दोस्रो साता सार्वजनिक भएको विधानसभा निर्वाचनमा धामी कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए ।

उनी राज्यमा भाजपा विधायक दलको नेताका रूपमा निर्वाचित भएका छन्। भाजपा विधायक दलको नेतामा निर्वाचित भएपछि धामीले लगातार दोस्रो कार्यकालका लागि भाजपालाई भोट दिएकोमा राज्यका जनतालाई धन्यवाद दिए।
‘व्यवस्थापिका दलको नेतामा पुस्करसिंह धामी निर्वाचित भएका छन् । उनको नेतृत्वमा उत्तराखण्डले द्रुत गतिमा प्रगति गर्नेछ,” रक्षामन्त्री राजनाथ सिंहले भने। उनले आगामी १० वर्षमा उत्तराखण्डलाई अग्रणी राज्य बनाउने बताए ।
उनले बुधबार, मार्च २३ मा मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय संविधानअनुसार संसदको सदस्य नभएको व्यक्ति ६ महिनासम्म मुख्यमन्त्री बन्न सक्छ । भाजपा सांसदहरू धामीका लागि सिट खाली गर्न इच्छुक छन्।
कांग्रेस उम्मेदवार भुवनचन्द्र क्याप्रीसँग ६ हजार ५ सय ७९ मतले पराजित भएपछि धामीले मार्च ११ गते मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।