राप्रपाले नेतृत्व गरे मात्र देशले मुहार फेर्छ : लिङ्देन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२३ पटक पढिएको

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले नेतृत्व गरे मात्र देशले मुहार फेर्ने दाबी गरेका छन् ।

सिन्धुलीमा आयोजित जनसभामा उनले ठूला दल एउटै सिक्काका दुई पाटा भएकाले कुनै भिन्नता नभएको बताए । उनले भने, ‘दश वर्षसम्म कुनै दल वा नेताले मौका दिए पनि देशले मुहार फेर्न नसकेको भन्दै जनताको अदालतमा आएका हौँ ।

उनले जनताले विश्वास दिलाए देश बनाउने भन्दै सहयोग गर्न जनतालाई आग्रह गरेका थिए । ‘देशको उत्पादन समाप्त नभएसम्म मुलुकमा समृद्धि आउन सक्दैन, देशमा उत्पादित विद्युत् स्वदेशमै उपभोग गरौं, विद्युत उत्पादनमा खपत भयो भने मुलुक आर्थिक रूपमा समृद्ध हुन्छ’, उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित