अवैध लागूऔषधसहित २ जना पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १९१ पटक पढिएको

रूपन्देही, कञ्चन गाउँपालिका-४ अस्नैया कञ्चन चोकबाट करिब १ ग्राम ८ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका कञ्चन चोक बस्ने ३४ वर्षीय एकेश्वर पुन र ३२ वर्षीय टिकाराम थापा रहेका छन् । ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित