सुनको मूल्य प्रतितोला आज ३०० रुपैयाँले बढ्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८५ पटक पढिएको

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । छापावाल सुनको भाउ आज तोलामा ९९ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलाको ९९ हजार २०० सय रुपैयाँ कायम थियो । आज तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै आज सुनको भाउ बढे तापनि चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी १३ सय ७५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य हिजो आइतबार पनि यहि कायम थियो। 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित