नेप्सेमा १४.६७ अंकको गिरावट

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९३ पटक पढिएको

नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको पहिलो कारोबारको दिन आइतबार गिरावट आएको छ। आज नेप्से परिसूचक १४.६७ अंकले घटेको छ।

आइतबार २६३१.३२ परिसूचक विन्दुबाट सुरु भएको कारोबार बजार बन्द हुने बेलामा २६१६.५८ अंकमा ओर्लिएको छ । अर्थात आज नेप्से परिसूचक ०.५६ प्रतिशतले बजार घटेको छ।

आइतबार कारोबार भएका २ सय २४ कम्पनीको सेयर कारोबारमा २ अर्ब २७ करोड ४६ लाख  २६ हजार १ सय ९१ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो।

आज ४२ लाख ८७ हजार ५ सय ६९ कित्ता सेयर ३५ हजार २ सय १२ पटकको कारोबारमा खरिद बिक्री भएको थियो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित