एनसेल टेलिकम कम्पनी अफ द इयर र इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर अवार्डबाट सम्मानित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२८ पटक पढिएको

एनसेल आजियाटा लिमिटेडले एसियन टेलिकम अवार्ड २०२२ को टेलिकम कम्पनी अफ द इयर र इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर अवार्ड प्राप्त गरेको छ। कम्पनीको उत्कृष्ट कार्य र एकीकृत डाटा सेन्टर स्थापना गरेकोमा यो अवार्ड प्रदान गरिएको हो ।

सिंगापुरमा रहेको एशियन मोबाइल न्यूजले २००३ देखि एसियन टेलिकम अवार्ड प्रदान गर्दै आएको छ । अवार्ड कार्यक्रमले एशियाका अग्रणी दूरसञ्चार कम्पनीहरूको उत्कृष्ट उपलब्धि र पहलहरूलाई मान्यता दिन्छ। विभिन्न विधाका विजेता कम्पनीहरुलाई भर्चुअल कार्यक्रम मार्फत हालै यस अवार्ड अन्तर्गत सम्मान गरिएको थियो ।

कोभिड–१९ को महामारीले हरेक क्षेत्रमा असर गरिरहेको बेला दूरसञ्चार कम्पनीहरूले ग्राहकलाई सञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित गर्न र प्रतिस्पर्धी रहन विभिन्न सुविधा र योजनाहरू लागू गरेका छन् । आयोजकका अनुसार एसिया प्यासिफिक कम्पनीहरुले बजारमा रहेका विभिन्न चुनौतिहरुको सामना गर्दै उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै ‘एशियन टेलिकम अवार्ड २०२२’ बाट सम्मानित गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित