सुनको मुल्य प्रतितोलामा ६०० रुपैयाँले गिरावट

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३०८ पटक पढिएको

सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर आज ९९ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार ९९ हजार ८०० मा कारोबार भइरहेको सुन आज तोलामा ६०० ले घटेर तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारको तुलनामा आइतबार तोलामा ६०० सय रुपैयाँले गिरावट आएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित