नेपालले भारतसँग लज्जास्पद हार बेहोर्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३७९ पटक पढिएको

नेपालले भारतसँग लज्जास्पद हार बेहोरेको छ । यू–१८ महिला क्लिन च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित भएको छ ।

जमशेदपुरमा भएको खेलमा भारतले १४ औं मिनेटमा सुजिस पोट्टेकाटले गोल गर्दै अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि लिन्डा किमले जीतलाई दोब्बर पारिन् । त्यसैगरी ३५ औं मिनेटमा लिन्डाले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा ३–० ले अगाडि रहेको भारतले दोस्रो हाफमा चार गोल थप्दै च्याम्पियनसिपमा उत्कृष्ट सुरुवात गरेको थियो । ६८औं मिनेटमा अपूर्ण नरजारीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिइन् । 

त्यसैगरी खेल सकिन चार मिनेट बाँकी रहँदा ७६औं मिनेटमा भारतकी पूर्णिमा कुमारीले पाँचौं र सुनिता मुन्डाले छैटौं गोल गरिन् । खेलको इन्जुरी टाइममा नितु लिन्डाले भारतका लागि सातौं गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरिन् ।

खेलभर रक्षात्मक बनेको नेपालले द्रुत आक्रमण गर्न सकेन । डबल राउण्ड रोबिन लिग प्रतियोगितामा नेपाल र बंगलादेशसहित भारत सहभागी छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा भक्तराज लावत र कप्तानको जिम्मेवारी प्रिति राईलाई दिइएको छ ।

अब नेपालले चैत तीन गते दोस्रो खेल बंगलादेशसँग खेल्नेछ भने पाँच गते भारत र ६ गते बंगलादेशसँग खेल्नेछ्। साफ यु १८ महिला च्याम्पियनसिपको तालिकामा सर्वाधिक अंक जोड्ने टोली च्याम्पियन बन्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित