८३ जना संक्रमित थपिए, मृत्यु शून्य

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १३० पटक पढिएको

पछिल्लो २४ घण्टामा थप १३० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ८३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ७ हजार ८ सय ८४ जनाको कोभिड परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोहि अवधिमा कोरोनाका कारण आज मृत्यु हुनेको संख्या सुन्य रहेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ७ सय ४६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० पुगेको छ ।

त्यस्तै आज १ लाख ३ हजार ५ सय ३८ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।

अहिले कोरोना संक्रमण बाट मुक्त्त हुने दर ९८.३% रहेको छ ।   

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित