नवनिर्मित भवन उद्घाटन गर्न प्रधानमन्त्री देउबा नुवाकोटमा

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ८३ पटक पढिएको

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्न नुवाकोट प्रस्थान गरेका छन् । देउवाको साथमा काँग्रेसका नेताहरू डा.रामशरण महत, अर्जुननरसिंह केसी, नुवाकोटका पूर्वजिल्ला सभापति जगदीशनरसिंह केसी पनि सो कार्यक्रममा उपस्थित भएका छन ।

देउवाले किस्पाङ गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका हुन् । साथै,अन्य स्थानीय तहका पार्टी कार्यकर्तासँग पनि छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ । नुवाकोटमा ठुलै झाँकिका साथ विभिन्न कार्यक्रम पनि प्रस्तुत गरिएको छ।

सबै कार्यक्रम सकेर देउवा दिउँसो ३ बजेपछि काठमाडौं फर्कने नेता केसीले जानकारी दिए ।  

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित