गायक मनोजसिंह धामीले प्राप्त गरे अवार्ड

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १३४ पटक पढिएको

‘हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी’ गीतका गायक मनोजसिंह धामीले अवार्ड प्राप्त गरेका छन्। उनलाई सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७७/०७८ बाट सम्मानित गरिएको हो । 

उल्लेखित बोलको गीतामा गायक धामी र गायिका पूर्णकला बिसीको स्वर रहेको छ भने विनोद बाजुरालीको म्युजिक रहेको  छ । म‌ंसिर २०७७ मा रिलिज भएको उक्त गीत हरेक पटक सिमानाका विषयमा विवाद हुँदा आन्दोलनहरूमा समेत घन्किने गरेको छ । 

उत्कृष्ट पाँचको मनोनयनमा छनौट भएका प्रतियोगीमध्ये २० प्रतिशत भोट र ८० प्रतिशत गीतको मूल्यांकनको आधारमा विजेता छनौट गरिएको थियो ।
विजेता धामीलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति काठमाण्डौँले आयोजना गरेको सातौँ संस्करण मा अवार्ड प्रदान गरिएको हो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित