Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

सुनको मुल्यमा वृद्धि

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १४० पटक पढिएको

आइतबार सुनको मुल्य २०० रुपैयाँले बढेकाे छ । आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँमा काराेबार भइरहेकेा नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो हप्ताको शुक्रबार तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ३०० रुपैयाँ निर्धारण गरिएकाे छ ।  

त्यसैगरी, चाँदीको मुल्य पनि तोलमा १० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँमा निर्धारण भएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित