बायार्न म्युनिखले होफेनहाइमसँग बराबरी खेल्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४८० पटक पढिएको

शनिबार राति भएको बुन्डेसलिगा फुटबल अन्तर्गत शिर्ष स्थानमा रहेको बायार्न म्युनिखले होफेनहाइमसँग बराबरी खेलेको छ। 

पहिलो हाफको ३२ औँ मिनेटमा कृस्टोफ बौम्गार्थेरले गोल गर्दै होफेनहाइमलाई अग्रता दिलाएका थिए । यसैगरि पहिलो हाफको इन्ज्युरी समयमा रोबर्ट लेमोन्डोस्किले गोल फर्काएका थिए। यहि नतिजा अन्तिम मिनेटसम्म कायम रह्यो र १-१ को बराबरी नतिजा निस्किएको हो। 

उक्त बराबरी सँगै बायार्न २६ खेलबाट ६० अंक सहित शिर्ष स्थानमा छ । होफेनहाइम ४४ अंकसहित पाँचौ स्थानमा छ। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित