रुसी सेनाको रकेट हमला, हवाई आधार ध्वस्त

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५० पटक पढिएको

इन्टरफ्याक्स युक्रेनका अनुसार रुसी सेनाले रकेट हमला गर्दा भासेलकिभ शहरको हवाई आधार ध्वस्त भएको छ। भासेलकिभका मेयरले उक्त हमलाले हतियार सम्बन्धि डिपो ध्वस्त भएको बताएका छन् । 

रुसले अहिले युक्रेनमाथी तीब्र रुपमा हमला गरिरहेको छ। राजधानी किभलाई मध्यनजर गर्दै रुसि सेनाहरुले रकेट हमला गरिरहेका छन् । 

फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि हमला गरिरहेको छ। रुसले हमला गरेपछि करिब २० लाख युक्रेनिहरुले देश छाडिसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित