पाकिस्तानसँग माफी माग्दै भारत

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ३१० पटक पढिएको

भारतले पाकिस्तानसँग माफी मागेको छ । बीबीसीका अनुसार भारतले  नियमित मर्मतसम्भारका क्रममा प्राविधिक समस्याका कारण दुर्घटनावश पाकिस्तानमा मिसाइल खसेको बताएको छ । भारतको रक्षा मन्त्रालयले पनि यो कुरा स्वीकार गरेको छ । पाकिस्तानले उक्त घटनाबारे भारतीय राजदूतसँग सोधपुछ गरेपछि रक्षा मन्त्रालयले यस्तो प्रस्टीकरण दिएको हो ।

भारतले दुर्घटनाबाट मानवीय क्षति नभएकाले राहत महसुस भएको जनाएको छ । घटनाप्रति माफी माग्दै शुक्रबार रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नियमित मर्मतसम्भार क्रममा प्राविधिक समस्याका कारण दुर्घटनावश मिसाइल खसेको हो ।’

भारतले उक्त घटना गहिरो खेदजनक भएको समेत जनाएको छ ।  यसबारे उच्चस्तरीय छानबिन गर्न आदेश दिएको पनि मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि पाकिस्तानले आफ्नो हवाई क्षेत्रमा एक उच्च गतिको भारतीय मिसाइल प्रवेश गरेको र त्यो मिसाइल खानेवाल जिल्लाको मिया चन्नु सहरनिर खसेको जनाएको थियो । यो मिसाइल भारतको हरियाणास्थित सिर्साबाट प्रहार गरिएको पाकिस्तानको दाबी छ।

पाकिस्तानी सशस्त्र बलका महानिर्देशक मेजर जनरल बाबर इफ्तिखारले पत्रकार सम्मेलन गर्दै बुधबार राति ‘उच्च गतिको उड्ने वस्तु’ भारतीय भूमिबाट पाकिस्तानी हवाई क्षेत्रमा प्रवेश गरेको बताएका थिए । इकागज

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित