७७ जना संक्रमित थपिए, १ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • २४८ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप १८९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ७७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ७ हजार ९ सय ८१ जनाको कोभिड परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोहि अवधिमा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय १२ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० पुगेको छ ।

त्यस्तै आज १ लाख २६ हजार १ सय ९६ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।

अहिले कोरोना संक्रमण बाट मुक्त्त हुने दर ९८.२% रहेको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित