दक्षिण कोरियाद्वारा नेपाल साइबर ब्युरोलाई सहयोग
- वर्ल्ड दैनिक
- १ साल अघि
- २७२ पटक पढिएको
दक्षिण कोरियाले नेपाल प्रहरी साइबर ब्युरोको प्राविधिक तथा भौतिक उन्नतिका लागि ९० करोडभन्दा बढी प्रदान गर्ने भएको छ। कोरिया सरकारको कोरियन इन्टरनेसनल कोअपरेसन ‘कोइका’ एजेन्सीले साइबर ब्युरोको नयाँ संरचना निर्माणमा सहयोग गर्न लागेको हो।

जसका लागि गृह मन्त्रालय र दक्षिण कोरिया सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ। उक्त रकम साइबर ब्युरोको भौतिक संरचना निर्माण, प्राविधिक जनशक्ति उत्पादन तथा प्रहरीको क्षमता अभिवृद्धिमा खर्च हुने भएको छ।
परियोजना पाँच वर्षभित्र पूरा हुने महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी हरिबहादुर पालले बताए। केही समयमै भौतिक संरचना निर्माण सुरु हुनेछ भने साइबर ब्युरोका प्रवक्ता नवीन्द्र अर्यालका अनुसार परियोजना सम्पन्नपछि साइबर सुरक्षामा थप प्रभावकारी काम गर्न सहयोग पुग्ने भएको छ।
पछिल्लो साइबर सुरक्षा र अपराधका विषय समय चुनौतीका रूपमा खडा भएका छन्। परियोजनाअनुसार भोटाहिटीमा रहेको साइबर ब्युरो सामाखुसीमा सारिनेछ। सामाखुसीस्थित नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाछेउमा सुविधासम्पन्न साइबर ब्युरोको पक्की भवन बन्ने ब्युरोका प्रवक्ता अर्यालले बताए।