आन्ताल्यमा भएको वार्ता निष्कर्षविहीन टुंगियो: युक्रेनमा युद्धविराम प्रयास विफल
- वर्ल्ड दैनिक
- १ साल अघि
- ९४ पटक पढिएको
रूस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीको आन्ताल्यमा भएको वार्ता निष्कर्षविहीन टुंगिएको छ । दुई नेताबीच बिहीबार भएको वार्तामा युद्धविरामबारे कुनै सहमति भएन ।

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसी विदेशमन्त्रीले युक्रेनसँग गरेको माग आत्मसमर्पणसरहको भएकाले कुनै सहमति नभएको बताएका छन् । यद्यपि, युक्रेनमा मानवीय सहायता उपलब्ध गराउने विषयमा भने दुई पक्ष सहमत भएको कुलेबाले बताए ।
समस्या समाधानका लागि भने आफू पुनः वार्तामा बस्न तयार रहेको उनको भनाइ छ । ‘युक्रेनी नागरिकको पीडा र युद्ध अन्त्य गर्न तथा युक्रेनी भूमिलाई हस्तक्षेपकारी रुसी फौजबाट मुक्त गर्न म यसका लागि सधैं तयार छु,’ उनले भने । रुसको इच्छा नभए युद्ध रोक्न नसकिने उनको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस