११२ जना संक्रमित थपिए

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७९ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ४२९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ११२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ३ सय २८ जनाको कोभिड परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।

आज कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन। अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ४० रहेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४९ पुगेको छ ।

त्यस्तै आज १ लाख २९ हजार २ सय ८५ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।

अहिले कोरोना संक्रमण बाट मुक्त्त हुने दर ९८.२% रहेको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित