Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

इरपिनमा भएको बमबारीमा युक्रेनी अभिनेता पाशाको निधन

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ८९ पटक पढिएको

रुसद्वारा इरपिनमा भएको बमबारीमा परि युक्रेनको लोकप्रिय अभिनेता, डबिङ कलाकार, गायक तथा संगीतकार पाशा लीको निधन भएको छ । ‘ओडेसा इन्टरनेशनल फिल्म फेस्टिभल’ले सामाजिक सञ्जालमा पोस्ट शेयर गर्दै सो जानकारी दिएको हो।

युक्रेनी सेनासँग आबद्ध पाशाले देशको सुरक्षाको क्रममा ज्यान गुमाएका हुन् । ३३ बर्सिया पाशा अग्रमोर्चामा रहेर सेनाको निर्देशन पालन गरि युक्रेनको टेरिटोरियल डिफेन्स युनिटमा आबद्ध भएका थिए ।

उनले आफ्नो एक्टिंग करियर टेलिभिजन कमर्शियलबाट सुरु गरेका थिए । उनले सन् २००६ मा ‘स्टोलन्या’ नामको फिल्मबाट अभिनय करियर प्रारम्भ गरेका थिए । उनको लोकप्रिय फिल्ममा ‘स्याडो अफ अनफरगटन एन्सेस्टर’, ‘द फाइट रुल्स’ र ‘मिटिङ्स अफ क्लासमेट्स’ छन् ।

युक्रेनमा रुसले आक्रमण सुरु गरेपछि उनले अभिनय करियर छोडेका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित